Logo

ओलीले बोलाएको बैठक गुटको बैठक हो : झाँक्री



काठमाडौं, १७ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले भोलिको लागि बोलाईएको एमालेको केन्द्रीय कमिटी बैठकलाई गुटको बैठकको संज्ञा दिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले ट्विटरमार्फत यस्तो लेखेकी छिन्-“भ्रममा नपरौ! भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन। आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ।”



प्रतिक्रिया दिनुहोस्