Logo

ओली र नेपालबीच टेलिफोन वार्ता, दुवै पक्षको अडान कायमै



असार १७, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विहिबार साँझ टेलिफोन वार्ता भएको छ । शुक्रबारका लागि अध्यक्ष ओलीले बोलाएको बैठकमा माधव समुहले सहभागि नहुने निर्णय गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् ।

ओलीले नेपाललाई फोन गरेर बैठकमा सहभागि हुन आग्रह गरेको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । तर नेपालले भोलिको बैठकमा सहभागि नहुने अडान लिएका छन् । यद्यपी नेपालले ओलीलाई दुईजना भेटेर कुरा गर्ने र कार्यदल बनाएर विवाद समाधानको खोजी गर्ने प्रस्ताव राखेका छन् । त्यसपछि मात्रै थप वार्ता अघि बढ्ने भन्दै नेपालले ओलीलाई शुक्रबारको केन्द्रिय समिति बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

तर ओलीले बैठक स्थगित भने गरेका छैनन् । नेता पाण्डेकाअनुसार ओली र नेपालबीच १५ मिनेट कुराकानी भए पनि ठोस सहमाति भने हुन सकेन ।



प्रतिक्रिया दिनुहोस्