Logo

युरो कपः क्वार्टरफाइनलका खेल आजबाट



काठमाडौं, असार १८ । युरो कप २०२० अन्तर्गत शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। शुक्रबार हुने क्वार्टरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटाली आमनेसामने हुँदै छन्।

पहिलो क्वार्टरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड प्री क्वार्टरफाइनलमा विश्वविजेता फ्रान्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनको निरन्तरता चाहन्छ। अन्तिम १६ भिडन्तमा फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले ३–१ को स्थिति उल्ट्याउँदै निर्धारित समयको खेलमा ३–३ को बराबरी गरेको थियो।

जहाँ किलियन एम्बाप्पे पेनाल्टीमा चुकेसँगै स्विट्जरल्यान्डले फ्रान्सको चुनौती पेनाल्टी सुटआउटमा ५–४ ले पन्छाउँदै क्वार्टरफाइनलको यात्रा पक्का गरेको थियो। विश्वविजेतालाई हराएसँगै स्विट्जरल्यान्ड उच्च मनोबलका साथ स्पेनविरुद्ध मैदान उत्रनेछ। सन् १९३८ को विश्वकपपछि स्विट्जरल्यान्डले प्रमुख प्रतियोगिताको नकआउट चरणमा हात पारेको यो नै पहिलो जित थियो।

३–१ को अग्रता जोगाउन नसकेको स्पेनले अन्ततः अतिरिक्त समयमा २ गोल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। स्पेन र स्विट्जरल्यान्ड मुख्य प्रतियोगितामा पछिल्लो पटक सन् २०१० को विश्वकपमा आमनेसामने भएका थिए।



प्रतिक्रिया दिनुहोस्