Logo

बैठकमा भाग लिन वामदेव बालुवाटारमा



काठमाडौं, १८ असार । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । वामदेवका छोरा हरिश गौतमले वामदेव २०७५ जेठ ३ गते पुर्बको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थान गरेको जनाएका छन् । एमालेभित्रको विवादमा वामदेव तटस्थ बस्दै आएका थिए । तर, उनी पार्टी एकताको पक्षमा थिए ।

उता, वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । हिजै नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक बसेर आजको बैठकमा सहभागी नहुने निश्कर्ष निकालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्