Logo

संयुक्त विद्यार्थी संगठनको बैठक जारी, आन्दोलनका थप कार्यक्रम तय गर्ने



काठमाडौं, १८ असार । नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनको बैठक अहिले काठमाडौं बुद्धनगरमा बैठक जारी छ ।
आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा गर्ने छ ।

बैठकमा देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाइ धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको छ ।

बैठकमा नेबिसंघ अध्यक्ष राजिब ढुङ्गाना,अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ,अखिल अध्यक्ष सुदेश पराजुली,समाजबादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ,अखिल छैटौं का अध्यक्ष बिमल पोख्रेलले,नेबिसंघ महामन्त्री बलदेव तिमल्सिना लगायत उपस्थित छन् ।



प्रतिक्रिया दिनुहोस्