Logo

सुनको मुल्य बढ्यो, प्रतितोला कतिमा कारोबार ?



काठमाडौं, १८ असार । साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मुल्य ५ सय रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९१ ह्जार ३ सय रुपैयाँमा किनबेच भैरहेको छ । त्यस्तै, बिहीबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको तेजाबी सुन आज प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।

यसैगरी, महासंघको अनुसार चाँदीको मुल्य आज ११ सय २३ रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्