Logo

कमल थापाको स्पष्टोक्ति : राप्रपामा वैचारिक/सैद्धान्तिक मतभेद छैन



काठमाडौं, १८ असार । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीमा वैचारिक र सैद्धान्तिक मतभेद नभएको स्पष्ट पारेका छन् । तर, निष्क्रियता भने रहेको उनको भनाई छ । सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेका हुन् । अध्यक्ष थापाले महाधिवेशनपछि निष्क्रियताको पनि निराकरण हुने विश्वास दिलाएका छन् ।

उनले तीन जनै अध्यक्षबीच पार्टी एकता अक्षुण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी रहेको पनि बताएका छन् । थापाले ट्विटरमा लेखेका छन्-“राप्रपामा बैचारिक/सैद्धान्तिक मतभेद छैन।केही निष्क्रियता छ,महाधिवेशन पछि त्यसको पनि निराकरण हुन्छ।त्रयअध्यक्ष बिच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी छ।भोलि बस्ने निर्देशन समिति बैठकले महाधिवेशनको मिति निर्धारण गर्नेछ”



प्रतिक्रिया दिनुहोस्