Logo

सत्ताको राजनीतिलाई अस्विकार गरौं : संग्रौला



युवराज संग्रौला : २०४६ मा म पोखरामा अध्यापन गर्थें। जनआन्दोलनको समयमा काठमाडौमा थिंए।जूलूसमा हिंडे।लोकतन्त्र माग्दै नारा लगांए। तेसबेला पंचायतको स्तुति गर्नुपर्थ्यो। म प्रजा होइन नागरिक बन्न चाहान्थें। तेहि समयमा गीता र मेरी पहिली छोरी युगिच्छाको जन्म भएको थियो। मैले ठुलठुला आँखा हेरेर औंला चुसीरहेकी छोरीलाई मैले भने, “तिमी म जस्तै अभागी होइन, तिमी सङ्ग लोकतन्त्र छ।” मैले ३१ बर्ष मुख थुनेर स्तुति गाउनु पर्यो र लागेको थियो अब जन्मीएका नेपाली बालबलीकाले देशको न्यानो माया पाउने छ्न। तर दुर्भाग्यबस, आज सम्म आइपुग्दा अनेकौं बितन्डा सहदैं, अहिले ३० बर्ष पुगेकि मेरी छोरी र उनका दौंतरीको अनुहारमा हांसो र नेपाली गौरब छै। मेरा नेता अकर्मण्यता, राजनीतिमा नैतिकताको स्खलन र बिचारहिन सत्ता रोगको संक्रमणले उनीहरुको हांसो र अनुहारको जाज्वल्यता हरण गर्यो।

नयाँपुस्ताका नेतामा अलेली आसा थियो। उनिहरु भन्थे ” पुरानाले ठाउँ ओगटेर केही गर्न दिएनन।” मैले पनि पत्यांए। मैले के ठानेको थिंए भने, यी मैनाकै बचेरा हुन। थाह नै भएन यी त कोइलिका फुलबाट जन्मेका रहेछ्न। थर मैना लेखिए पनि जात त कोइली रहेछ, जो आफ्ना सन्तान पनि झुक्याएर जन्माउछ।

१. जस्ले दिमाग बदलेर सोच्दैन, उस्ले परिबर्तनको नेतृत्व गर्न सक्दैन। सत्य दिमागमा उम्रीदैन, तथ्य र यथार्थमा हुन्छ। ज्स्ले सत्ताआकांक्षाको जडता जीवनको सफलता ठानेको उस्ले जनतालाई गधा ठान्दछ। भारी त बोकांउछ, तर गधालाई कदर जोइन अनादर गर्छ।

२. यो देश २०० बर्ष देखि अपमानको इतिहासको भारी बोक्न बाध्य छ। बेलायती उपनिबेसले देशको जमिन लुट्यो र सुगौली सन्धीको अपमान बोक्न बाध्य पार्यो। काठमाडौंमा उपनिबेशको राजदुतावास खुल्यो। नेपाली मुख्तियारहरुको हत्या गरायो। देशको राजनीति बिशाक्त बनाइदियो। १८१६ देखि १८४६ सम्मका ३० बर्षमा नेपाली गौरवलाइ मुर्छित बनयो। तब राणा शासन आयो कोतपर्व गर्दै। १०४ बर्ष नेपाली जनता अध्यारोमा बांच्न बाध्य भए। उपनिबेशले तराइ रुख लग्यो, आज भारतमा तिनै काठ माथी रेल कुदिरहेका छ्न। नेपाली छोरा लगेर बिस्वयुद्धमा मार्यो। स्वतन्त्र भारतले राणाहरुको सत्ता जोगाइ दिएर १९५० सन्धिबाट नेपाललाई बन्धक बनायो। २०४७मा लोकतन्त्रले ल्याएका मेरा नेताले महाकाली पनि दिए कोशी त दिएकै थिए। आज चुच्चो त मेरो देशको नक्सामा छ तर जमिन भारत सङ्ग। यो अपमानित इतिहासको चासो मेरा नेतालाइ छैन। उहाँहरु गालिगलौमा ब्यस्त हुनुहुन्छ। किनकी बिचारधारा नभएपछि, नैतिकता मर्छ, नैतिकता मरेपछि बांकी रहने त फोहोर नै हो।

३. मेरो देशको संकट जिर्ण रुख जस्तै छ। पात (जनता) पंहेलिएका छ्न। हांगा (राज्यका निकाय जस्तै अदालत, संसद) मकाएका छ्न। भित्र भित्रै धोद्रो भएका छ। फेद (राज्य) धमिराले खाइरेको छ। जरा (राजनीति दल) कुहिंदै छ्न, किनकी जमिनमा लेदो (भ्रष्टाचार) मात्र छ। मल (बिचारधारा) छैन। समुन्द्रमा अक्टोपस भन्ने एउटा प्राणी हुन्छ। तेस्की टेन्टाकल हुन्छ्न। शरीर त एउटै हुन्छ, खाने मुख पनि एउटै हुन्छ। जुन सुढंले समाए पनि खाने तेहि मुखले हो। तर पनि सुढं शिकार समात्न एक अर्कामा प्रतिस्पर्धा गर्छ्न। किन? किनकि उनिहरु सङ्ग चेतना हुदैन खाने लोभ मात्र हुन्छ।

४. बिचारले मात्र दुनियाँ बनाउन सकिन्छ। पचायतले भ्रष्टाचारमा ३० बर्ष सक्यो। लोकतन्त्रका ३० बर्षमा राजनितीका मुल्य मान्यताको लिलाम गर्यो। मन्त्रीहुन नागों हुने मानिसको जात नेपाली हो भन्ने अवस्था आयो।

५. नेपाली जनताले भोकले मर्ने अवस्था आउनु अब अचम्म लाग्ने कुरा हुने छैन। देशको अर्थतन्त्रको आधार कृषि हो, तेस्को गला राजनीतिले निमोठी सक्यो। उद्धोग समृद्धिको बाटो हो, त्यो लोप भैस्क्यो। यी दुबैको रचना गर्ने शिक्षा हो, तेस्को पनि गला रेटियो। शिक्षाको आत्म बस्तुबादी चेत निर्माण गर्ने बिज्ञान हो, तेस्ले त नेपालमा पस्नै पाएन। बैज्ञानिक चेत बिनाका शिक्षित भाट हुन्छ्न, जस्को क्ष्याप्क्षप्ती छ।

६. देश बनाउने योजनाले हो। योजना बिज्ञले बनाउंछ्न। नेपालमा त बिदेशी परामर्शदाताले बनाइदिन्छन।

७. अब त नेपाली चेत खुल्नु पर्छ होला। होइन भने, हामी पशुपतिनाथका बांदरकै बंश मान्दा इतिहासको प्रहारबाट जोगीन सकिएला।

८. अझै पनि समय छ। दिमागलाई स्वतन्त्र पारौं। यथार्थलाई बुझौं र तथ्यमा सत्य खोजौं। सत्ताको राजनीतिलाई अस्विकार गरौं।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम