Logo

म, शशांक र विमलेन्द्रजीबीच भएको भेटवार्ताले आम कांग्रेसजनमा उत्साह उत्पन्न गरेको छ : सिंह



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू, विमलेन्द्र निधि र डा. शशांक कोइरालाबीच भैरहेको भेटवार्ताले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत सिंहले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्–‘नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन केन्द्रित रहेर नेताहरुबीचको छलफल र भेटघाटप्रति सबैको चासो रहनु स्वभाविक नै हो । यसैक्रममा कांग्रेस नेताहरु विमलेन्द्र निधि, डा। शशांक कोइराला र मबीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुस गरिरहेका छन् ।”

यो प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको गराएको पनि उनको भनाई छ । उनले फेशबुकमा यस्तो लेखेका छन्:

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन केन्द्रित रहेर नेताहरुबीचको छलफल र भेटघाटप्रति सबैको चासो रहनु स्वभाविक नै हो । यसैक्रममा कांग्रेस नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र मबीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुस गरिरहेका छन् ।

यो प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको त छ नै, पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको छ । सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र आज असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो ।
तर, क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु ।
निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने समेत सबैमा जानकारी गराउँदछु । यहाँहरूको उत्साहजनक सल्लाह र प्रतिक्रियाका लागि आभार व्यक्त गर्दछु । जय नेपाल ।


प्रतिक्रिया दिनुहोस्