Logo

काठमाडौं उपत्यकामा कति छन् कोरोना संक्रमित ?



काठमाडौं, १८ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या केही मथ्थर हुँदै गएको समयमा दुई दिन यता फेरी बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २७ सय ६० जना संक्रमित थपिएका हुन् । हालसम्म नेपालमा ६ लाख ४० हजार ६ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमितको संख्या रहेको छ । हिजो मात्र ४ सय बढी संक्रमित उपत्यकामा थपिएका छन् ।

उपत्यका भित्र काठमाडौं जिल्लामा मात्रै २ लाख ४९ हजार ६ जना कोरोना संक्रमितको संख्या रहेको छ भने १८ सय ८० जनाको मृत्यु भईसकेको छ । त्यस्तै, ५ हजार ११ जना संक्रमित उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १ लाख ९८ हजार १५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, भक्तपुर जिल्लामा हालसम्म २२ हजार २ सय ६१ जना कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये २० हजार ५ सय १ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म भक्तपुरमा ३६५ जनाको मृत्यु भएको छ । त्यस्तै, १३ सय ९५ जना संक्रिय संक्रमितको संख्या रहेको छ ।

यसैगरी, उपत्यका अन्तर्गत ललितपुर जिल्लामा ३७ हजार ६ सय जना कोरोना संक्रमित रहेका छन् । ५ सय ४५ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ भने १९ सय ४८ जनाको उपचार भैरहेको छ । संक्रमित मध्ये ३५ हजार १०७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्