Logo

टिभी कार्यक्रममै सुमन प्याकुरेल र पत्रकार धमलाबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका नेता सुमन प्याकुरेल र पत्रकार ऋषि धमलाबीच चर्काचर्की भएको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा नेता प्याकुरेल र पत्रकार धमलाबीच चर्काचर्की परेको हो । पत्रकार धमलाले माधव नेपालसहित २३ जना सांसदले त केपी ओलीलाई साथ नदिएको र ओलीको विरुद्धमा ठूलो जनमत रहेको भन्दै एमाले कमजोर भएको कुरा उठाएका थिए ।

तर, नेता प्याकुरेलले प्रतिपश्न गरे–‘कसले भनेको ? मेरो पार्टीभित्र ? कुन एमालेभित्र ? २३ जना ? २३ जना ठूलो जनमत हो ? १२३ मा २३ ठूलो हो । कुन हिसाबले ? कति पढ्नुभएको छ ? कति क्लास पढ्नुभएको छ तपाईँले ?’ धमलाले त्यसको जवाफमा माधव कुमार नेपालले भनेको उल्लेख गरे । धमलाले थपे–‘तपाईँ पढाईको कुरा नगर्नुहोस्, तपाईँ को हो ? सुमन को हो ? तपाईँले आज माधव कुमार नेपाललाई होच्याउने ? जे पायो त्यही बोल्ने ? ’



प्रतिक्रिया दिनुहोस्