Logo

अमेरिकाका ३ करोड ४५ लाख कोरोना संक्रमित, सबैभन्दा बढी क्यालिफोर्नियामा



काठमाडौं, १८ असार । विश्वका धेरै देशहरुमा कोरोना भाइरसले आतंक मच्चाइरहेको छ । अमेरिकामात्र ३ करोड ४५ लाख ६१ हजार ४०३ जना सक्रमित भएका छन् भने संक्रमित मध्ये ६ लाख २० हजार ६ सय ६४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ४८ लाख ८८ हजार ६७१ जना उपचाररत रहेका छन् । यसैगरी, २ करोड ९० लाख ५२ हजार ८७ जना संक्रमणमुक्त भएका छन् । ३ हजार ८६८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ ।

अमेरिकाको सबैभन्दा धेरै क्यालिफोर्नियामा कोरोना संक्रमितको संख्या रहेको छ । क्यालिफोर्नियामा हालसम्म ३८ लाख बढी सक्रमित रहेका छन् भने कोरोनाबाट ६३ हजार ८१४ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, टेक्सासमा २९ लाख बढी संक्रमितको संख्या रहेको छ । ५१ ह्जार १०४ जनाको कोरोनाबाट मृत्यु भएको सिडिसीले जनाएको छ ।

यसैगरी, फ्लोरीडामा पनि २३ लाख बढी कोरोना संक्रमित रहेका छन् भने ३७ हजार संक्रमितले ज्यान गुमाएका छन् । न्युर्योकमा २३ हजार बढीले ज्यान गुमाएका छन् भने हालसम्म २१ लाख बढीमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म १८ करोड ३४ लाख ३३ हजार ७०४ जना कोरोना भाइरसको संक्रमण भइसेको छन् । संक्रमित मध्ये १६ करोड ७९ लाख ४१ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तैै, ३ करोड ९७ लाख १ हजार ६८८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम