Logo

एनएमबि क्यापिटलद्वारा डिम्याट खाता नविकरण गर्न अनुरोध



काठमाडौं, १८ असार । एनएमबि क्यापिटल लिमिटेडले हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटल र एनएमबि बैंक लिमिटेडका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खालेका हितग्राही खाताधनीलाई वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन अनुरोध गरेको हो ।

साथै कम्पनीले अगामी साउन १५ गतेभित्र ई सेवा, खल्ती, प्रभु पे, आइएमई पे र कनेक्ट आइपीएसमार्फत उक्त शुल्क बुझाउन आग्रह गरेको छ । तोकिएको समयावधिभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने समेत क्यापिटलले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्