Logo

स्वीजरल्यान्डले स्पेनलाई स्तब्ध पार्न सक्ला ?



काठमाडौं, १८ असार । युरो कपको क्वाटरफाइनलमा आज स्पेनविरुद्ध स्वीजरल्यान्डले खेल्दैछ । यी दुई देशमा स्पेन बलियो मानिन्छ । तर, बलिया टोलीलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको स्वीजरल्यान्डसँग स्पेनलाई सजिलो छैन । फिफा वरियतामा स्पेन छैठौं र स्वीजरल्यान्ड १३औं स्थानमा छन् ।

स्पेन विश्वकप जितिसकेको देश हो । बार्सिलोना, रियल मेड्रिय, एथलेटिको मेड्रिड जस्ता विश्वकै बलिया फुटबल क्लब स्पेनमा छन् । स्पेनको टोलीमा १२५ कयाप्स खेलिसकेका सर्गियो बास्किट्स जस्ता कप्तान छन् । मोराटा, टोरेज, गार्सिया जस्ता प्रभावशाली खेलाडी छन् । चेल्सीबाट खेल्ने सिजर आजपिलिकुयटा जस्ता रक्षापंक्तिसामु स्वीटरल्यान्डलाई सजिलो छैन ।

स्पेन सन् २०१० मा विश्वकप जितिसकेको टोली हो । २०१४ र २०१८ मा भने स्पेनको विश्वकपमा प्रदर्शन राम्रो रहेन ।

स्वीजरल्यान्ड जारी युरोकपमा बलियो टोलीका रुपमा देखिएको छ । विश्वकप विजेता फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेर स्वीटजरल्यान्ड उत्साही छ । शारीरिक रुपमा बलिया खेलाडीले भरिएको स्वीटरजरल्यान्डसँग स्पेनलाई निकै कठिन पर्न सक्छ ।

विश्वकप फुटबलमा स्वीजरल्यान्डको प्रदर्शन त्यति राम्रो छैन । तीन पटक क्वाटरफाइनलमा प्रवेश गरेको थियो । सन् १९५४ यता विश्वकपमा स्वीजरल्यान्ड क्वाटरफाइनलमा पनि प्रवेश गर्न सकेको छैन । फिफा वरियतामा स्वीजरल्यान्ड १३औ स्थानमा छ ।

स्वीजरल्यान्डमा आर्सनलबाट खेल्ने साका, लिभरपुलबाट खेल्ने काकिरी जस्ता खेलाडी छन् । बोरुसिया डर्टमेन्डबाट खेल्ने डिफेन्डर अकान्जी पनि छन् । यी खेलाडी स्पेनका लागि भारी पर्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्