Logo

बेल्जियमविरुद्ध इटालीः को जित्ला ?



काठमाडौं, १८ असार । बेल्जियम र इटालीबीचको युरोकप फुटबलको क्वाटरफाइनल भिडन्त कस्ले जित्ला ? धेरैले अनुमानहरु लगाइरहेका छन् । तर, यी दुईबीचको खेल रोचक हुने पक्का नै छ ।

तीनपटकको विश्वकप विजेता इटाली फिफा वरियतामा सातौ स्थानमा छ । उसका खेलाडीहरुमा पृथक खेलशैलीको क्षमता छ ।

बेल्जियम फिफा वरियतामा पहिलो नम्बरमा छ । अहिले बेल्जियमको फुटबल टोली इतिहासकै सुनौंलो पुस्ताको मानिन्छ । त्यसैले बेल्जियम युरोकपको मुख्य दाबेदार हो । तर, इटाली पनि निकै बलियो छ । फुटबलको महाशक्तिका रुपमा इटालीको पृथक पहिचान छ । विपक्षीमाथि आक्रमण गर्न कुनै ढिलाई नगर्ने खेलशैली इटालीको छ ।

आज बेल्जियमविरुद्ध इटाली भिड्दा धेरैले फाइनल खेल नै मानिरहेका छन् । यी दुईमध्ये जित्ने टोली नै युरोकपको विजयी बन्ने अनुमानहरु भइरहेका छन् ।

‘सुनौलो पुस्ता’ भनिने खेलाडी भएको बेल्जियम बलियो टोली हो । मिडफिल्डर डिब्रुनी, हाजार्ड दाजुभाई, कार्टुइस जस्तो गोलरक्षक, लुकाकु जस्ता स्ट्राइकरले बेल्जियम निकै बलियो छ ।

सन् २०१८ को विश्वकपमा बेल्जियमले तेस्रो स्थान हासिल गरेको थियो । तर, बेल्जियम नै विश्वको नम्बर एक टोलीबन्न सक्यो । उसले युरोपलगायत अन्य क्षेत्रका बलिया देशहरुलाई लगातार पराजय चलाइरहेको छ ।

इटालीसँग इतिहास मात्र छैन बलियो टोली पनि छ । इटाली ४ पटकको विश्वकप विजेता देश हो । तर, गएका तीनवटा विश्वकपमध्ये दुईवटामा छनोट चरण पार गर्न सकेन । सन् २०१८ को विश्वकपमा इटाली छनोट नै भएन । त्यसपछि इटाली फुटबलमा फेरि जागेको छ ।

इटालीका प्रशिक्षक मान्सिनी क्लब फुटबलमा ख्याती कमाइसकेका हुन् । चियलिनी जस्ता अनुभवी डिफेन्डर, जोर्गिनो जस्ता भरपर्दा मिडफिल्डर इटालीसँग छन् । तर, बेल्जियमको सुनौलो पुस्तालाई पराजित गर्न बेल्जियमलाई सजिलो छैन ।



प्रतिक्रिया दिनुहोस्