Logo

चीनबाट खोप ल्याईने



काठमाडौं, असार १९। चीनबाट अवदेखि निरन्तर कोरोना विरुद्वको खोप ल्याउने तयारी भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चीनबाट खोप आयात हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको छ ।

सम्झौता अनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्वको खोप अभियान सुचारु हुने गरि व्यावस्था मिलाइएको मन्त्रालयले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot