Logo

बसाइँ सर्ने बढे



ताप्लेजुङ, असार १९ । जिल्लाको सिरिजङ्गा गाउँपालिकाबाट एकैवर्षमा पाँचसय जना बढी बसाइँ सरेका छन् । चालू आर्थिक वर्ष २०७७÷७८ को यो अवधिसम्ममा कूल पाँच सय ३० जना बसाइँ सरेर अन्यत्र गएका छन् ।

गाउँपालिका पञ्जीकरण शाखाको तथ्याङ्कअनुसार पाँचसय ३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन् । तथ्याङ्कअनुसार वडा नं। ७ खेबाङबाट सबैभन्दा बढी एकसय ४९ जना बसाइँ सरी अन्यत्र गएका छन् । खेबाङमा चारजना भित्रिएका छन् ।

यस्तै गाउँपालिका–८ याम्फुदिनबाट सबैभन्दा थोरै १३ जना बसाइँ सर्दा एकजना भित्रिएका छन् । यसैगरी वडा नं। १ सिनामबाट ५३, २ आम्बेगुदिनबाट एकसय २०, ३ सिकैँचाबाट ७३ र ४ तेल्लोकबाट ६४, ५ पेदाङबाट ४० र ६ मामाङ्खेबाट १८ जना बसाइँ गएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्