Logo

उपत्यकामा अविरल वर्षाले बागमती नदी उर्लियो, तराईमा जोखिम बढ्यो



काठमाडौं, १९ असार । उपत्यकामा अविरल वर्षा भएको छ । गएराति देखिको वर्षाले बागमती नदीको बहाव बढेको छ ।

बाढी सूचना केन्द्रका अनुसार रौतहट कर्मैयास्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नदीको सतह बढ्दा तटीय क्षेत्रमा डुबान भएको छ ।
विहान ४ बजेदेखि बागमतीको सतह खतराको तह पार गरेको थियो । विहान १० बजेबाट सतह घट्दै गएको छ ।

यसैगरी नेपाल बाढी सूचनाले आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमलालगायतमा बहाब बढ्ने जनाएको छ । पूर्वी राप्ती र बागमतीमा पनि बहाब बढ्ने हुँदा विशेष सावधानी अपनाउन भनेको छ ।

आज विहान पूर्वी भागहरुमा भारी वर्षा भएको छ । मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा रतुवा, लोहन्द्रँ, बक्राहा, नुनखोलामा बाढी आउन सक्ने जनाएको छ ।
यसैगरी, विहान तनहुँमा मस्र्याङ्दी नदीमा जलसतह सतर्कता तह पार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्