Logo

चेकविरुद्ध डेनमार्कः को बलियो ?



काठमाडौं, १९ असार । युरोकप फुटबल को क्वाटरफाइनमा चेक रिपब्लिकविरुद्ध डेनमार्कको खेल हुँदैछ । जारी युरोकपमा चेकको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । डेनमार्क पनि भाग्यमानी टोली देखिएको छ ।

फिफा विश्व वरियतामा चेक ४०औं स्थानमा छ । डेनमार्क १०औं स्थानमा छ ।

चेकोस्लोभाकिया हुँदा विश्वकपमा दुईपटक उपविजेता बनेको किर्तिमान रहेको छ । चेक नयाँ राष्ट्र बनेपछि सन् २००६ मा एकपटक मात्र विश्वकपमा छनोट भएको थियो ।
चेकका स्ट्राइकर सिकको गोल यो युरोकपकै उत्कृष्ट बनेको छ । उनले ४ गोल गरिसकेका छन् । डेनमार्कविरुद्ध उनी ठूलो चुनौती बन्न सक्छन् । चेकले अन्तिम १६ मा नेदरल्यान्डलाई पराजित गरेको थियो । नेदरल्यान्ड जस्तो बलियो टोलीलाई पराजित गरेर चेकले युरोकपको दाबेदारी प्रस्तुत गरिसकेको छ ।

डेनमार्कको फुटबल स्तर अहिले निकै राम्रो छ । विश्वकपमा एकपटक क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । गत विश्वकपमा अन्तिम १६ मा पुगेको थियो ।

डेनमार्कले समूह चरणको खेलबाट नकआउट चरणमा प्रवेश गर्न निकै संघर्ष गरेको थियो । उसलाई भाग्यले पनि साथ दियो । ग्रुप बीमा बेल्जियमले ९ अंक प्राप्त गर्दा डेनमार्क, फिनल्यान्ड र रुसको समान ३ अंक रह्यो । अन्तिम खेलमा रुसविरुद्ध ४१ को सानदार जित निकाल्दै गोल अन्तरले ग्रुप बीको उपविजेता बन्दै डेनमार्क अन्तिम १६ मा प्रवेश गरेको थियो । उक्त खेलमा बराबरी या गोेल अन्तर कम भएको भए डेनमार्क समूह चरणबाट बाहिरिन्थ्यो ।

अन्तिम १६ मा वेल्समाथि ४० को जित हासिल गर्यो । डेनमार्कका भरपर्दा खेलाडी इरिकसन मुटुमा समस्या भई अस्पताल भर्ना छन् । तर, डेनमार्कले इरिकसनको अभाव भोग्दै युरोकपमा उत्कृष्ट पुनरागमन गर्न थालेको छ । डेनमार्कले चेकलाई ठूलो चुनौती दिने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्