Logo

अवकाश पाएका सिडिई झालाई मुख्यमन्त्री राउतद्वारा सम्मान (फोटोफिचर)



काठमाडौं, १९ असार । हालै सेवाबाट अवकास पाएका मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख ईन्जिनियर भगवान झालाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सम्मान गरेका छन्। जनकपुरस्थित् मुख्यमन्त्री राउतको निवासमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरेर झालाई सम्मानसहित विदाई गरिएको हो ।

सेवा अवधिमा झाले प्रदेश २ मा विशेष योग्दान पुर्याएको भन्दै मुख्यमन्त्री राउतले हार्दिक आभार व्यक्त गरेका थिए । र, अवकाशपछिपनि देश र जनताको लागि सधैं सकारात्मक योगदान पुर्याउनको लागि मुख्यमन्त्री राउतले आग्रह गरेका थिए । उक्त कार्यक्रममा झालाई प्रदेश २ का मुख्यन्याधिवक्ता दीपेन्द्र झाले समेत सम्मान तथा विदाई गरेका थिए । झाले पनि आफू सेवाबाट अवकाश प्राप्त भएपनि देश र जनताको लागि सदैव आफ्नो स्थानबाट योगदान पुर्याउने प्रतिबद्धतता व्यक्त गरेका थिए ।

झाले मुख्यमन्त्री राउतसँगको विदाई समारोहको तस्विर सेयर गर्दै लेखेका छन्–”आज प्रदेश २ का यशस्वी मा. मुख्यमंत्री श्री लालबाबु राउतजी तथा प्रदेश सरकारका मा. मुख्यन्याधिवक्ता श्री दीपेन्द्रजीद्वारा मैले आफ़नो सरकारी सेवा को अवधिमा प्रदेश २ मा पूर्याएको योगदानको कदर गर्दै ससम्मान विदाई गरी अवकाश जिबन पश्चात थप ऊर्जाका साथ समाजसेवामा लाग़्न प्रेरित गर्नु भएकोमा हृदयदेखी धन्यवाद सहित सादर आभार।”



प्रतिक्रिया दिनुहोस्