Logo

ब्राजिली फुटबलर जेससले यसकारण पाए रातो कार्ड (भिडियोसहित)



एजेन्सी, १९ असार । कोपा अमेरिका फुटबलमा ब्राजिलका ग्राबियल जेससले राता कार्ड पाएका छन् । आज विहान चिलीविरुद्धको खेलको ४८औं मिनेटमा जेससले रातो कार्ड पाएका हुन् ।

जेससले चिलीका युगेनियो मिनाले हेड गर्न लाग्दा अनुहारमा किक प्रहार गरेका थिए । उनको किक सिधै मिनाको मुखमा लागेको थियो । त्यसपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

ब्राजिली स्टार निमार र प्रशिक्ष्ँक टिटेले जेससको बचाऊ गरे । उनीहरुले मिनालाई नदेखेको र बल हान्न खोज्दा लागेको बताएका छन् ।

खेलमा आयोजक ब्राजिलले १० को कठिन जित निकाल्यो । १० खेलाडीमा सिमित भएपनि ब्राजिलले चिलीमाथि दबाब बनाइरह्यो । दोस्रो हाफमा मैदान छिरेका लुकास पाकुइटाले जेससले रातो कार्ड पाउनुभन्दा २ मिनेट अगाडि मात्र खेलको निर्णायक तथा एकमात्र गोल गरेका थिए । साविक विजेता ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्