Logo

राप्रपाको निष्कर्षः धर्म परिवर्तन र विदेशी चलखेलको बिगबिगी (विज्ञप्तिसहित)



काठमाडौं, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचारको बिगबिगी मच्चिएको निष्कर्ष निकालेको छ । आज राप्रपा केन्द्रीय निर्देशन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

आर्थिक अराजकता, धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचारको बिगबिगीले जनता आक्रान्त छन्, बैठकपछि राप्रपा अध्यक्ष कमल थापाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले अहिलेको अवस्था आउनुमा वर्तमान सरकार र प्रमुख दलहरुबीच् चलिरहेको अन्तहिन सत्तासंघर्ष मुक्य कारक भनेको छ ।

यसैगरी राप्रपाले महाधिवेशनको मिति समेत तोकेको छ । चुनाव नभएमा कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गरिने जनाइएको छ । महाधिवेशनका लागि वडा तहदेखिको निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्