Logo

उपाधिको खडेरी मेट्न बढ्यो इंग्ल्यान्ड, डेनमार्क बन्यो भाग्यशाली



काठमाडौं, २० असार । युरोकपको क्वाटरफाइनमा इंग्ल्यान्ड र डेनमार्कले जीत हासिल गरेका छन् । गएराति सम्पन्न खेलमा डेनमार्कले चेक रिपब्लिकको युरोकपतर्फको यात्रामा पूर्णविराम लगाइदिएको छ ।

उत्कृष्ट प्रदर्शनबाट बढेको चेकलाई पहिलो हाफमा डेनमार्कले २ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा चेकका सिकले भलीमार्फत् गोल गरेका थिए । बराबरीका लागि चेकले निकै प्रयास गरेपनि असफल भयो ।

जारी युरोकपमा डेनमार्क भाग्यमानी टोली बनेको छ । उसका स्टार खेलाडी इरिक्सन समूह चरणको पहिलो खेलमा हृदयघातका कारण खेलमैदानमै ढलेका थिए । त्यसपछि लगातार दुई खेल हारेपनि अन्तिम खेल जितेर डेनमार्क समूहमा दोस्रो बन्दै अन्तिम १६ मा पुगेको थियो ।

ग्रुप बीमा बेल्जियमले ९ अंक प्राप्त गर्दा डेनमार्क, फिनल्यान्ड र रुसको समान ३ अंक रह्यो । अन्तिम खेलमा रुसविरुद्ध ४-१ को सानदार जित निकाल्दै गोल अन्तरले ग्रुप बीको उपविजेता बन्दै डेनमार्क अन्तिम १६ मा प्रवेश गरेको थियो । उक्त खेलमा बराबरी या गोेल अन्तर कम भएको भए डेनमार्क समूह चरणबाट बाहिरिन्थ्यो ।

अन्तिम १६ मा वेल्समाथि ४-० को जित हासिल गर्यो । फिफा विश्व वरियतामा चेक ४०औं स्थानमा छ । डेनमार्क १०औं स्थानमा छ ।

यसैगरी, इंग्ल्यान्डले युक्रेनमाथि ४-० को जीत निकाल्यो । कानले गएरातिको खेलमा २ गोल गरे । युक्रेन पनि भाग्यमानी टोली बनेर अन्तिम १६ मा पुगेको थियो । तर, इंग्ल्यान्डका सामु उसको खेल फितला देखियो ।

फिफा वरियतामा इंग्ल्यान्ड चौंथो नम्बरमा छ । युक्रेन २४औं स्थानमा छ । आफूभन्दा २० स्थान माथिको देशसँग युक्रेनले हार व्यहोरेको हो ।

Photo Credit: Euro2020

 



प्रतिक्रिया दिनुहोस्