Logo

आरजु देउवाबाट ‘हिन्दुत्व’ को सन्देश, फेसबुकमा राखिन् यो भिडियो



काठमाडौं, २० असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित निवासमा २ वर्ष अगाडि विशेष पूजा लगाएका थिए । उनले हिन्दु धर्मसंस्कार अनुसार पूजा लगाउनुलाई अर्थपूर्ण मानिएको थियो ।

शनिबार साँझ देउवा पत्नी आरजु राणा देउवाले भिडियो फेसबुकमा सेयर गरिन् । संस्कृतिले नै यो विश्वमा को के हो भन्ने परिचय मिल्ने समेत लेखेकी छिन् ।

भिडियोमा पण्डितले मन्त्रोचारण गरेको र पूजापाठ भइरहेको देखिन्छ । भिडियोमा शेरबहादुर देउवा र आरजु देउवा दुवै देखिन्छन् ।

देशमा हिन्दुत्वको मुद्दाले राजनीतिमा प्रवेश पाइरहँदा आरजु देउवाले धमाधम धर्मकर्मको तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्न थालेकी छिन् ।

शनिबार नै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेता महेश बस्नेतले धर्मनीरपेक्षबारे बहस गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । यसले राजनीतिकवृत्तमा तरङ्ग नै ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्