Logo

२ सयले बढ्यो सुनको मुल्य



काठमाडौं, २० असार । नेपाली बजारमा आज २ सयले सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य आज ९१ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मुल्य पनि आज २६ रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot