Logo

ओली र माधव नेपालबीच सहमति हुने पाण्डेको दाबी, हस्ताक्षर फिर्ता लिने !(भिडिओसहित)



काठमाडौं, २० असार । नेकपा (एमाले) का प्रभावशाली सोमप्रसाद पाण्डेले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति हुने दाबी गरेका छन् । उनले देशलाई कसरी अघि बढाउने भन्नेबारे चिन्ता अहिले एमालेजनमा देखिएकोले शीर्ष नेताहरु पार्टी एक बनाएर लैजानबारे गम्भीर रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अध्यक्ष ओली र नेता नेपालबीच आज÷भोलि नै मिल्ने पनि दाबी गरे । संविधान कुल्चेर संसद् विघटन गरेकोले आफूहरु प्रधानमन्त्री ओलीको यो कदमको विपक्षमा उभिउको पनि पाण्डेले जिकिर गरे । उनले आफूहरु पार्टीको निर्णय मान्दै आएकोले भोलिको दिनमा पनि मान्ने जिकिर गरे । शीर्ष नेताहरुबीच सहमति भए शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिने पनि उनले विश्वास दिलाए । तर, उनले आफूहरुले संसद् जोगाउनको लागि देउवाको पक्षमा हस्ताक्षर गरेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्