Logo

आमिर खान पत्नीसँग अलग भएसँगै फतिमालाई बधाईको ओइरो



एजेन्सी, २० असार । बलिउडका चर्चित नायक आमिर खानले दोस्री पन्ती किरण रावसँग विवाह भएको १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् । दुई जना मिलेर एक अर्काबाट टाढीने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेरचाह दुवै मिलेर गर्ने सहमति भएको छ ।

तर, आमिर र किरणको सम्बन्ध विच्देछ भइरहदाँ सामाजिक सञ्जालमा भने अभिनेत्री फातिमा सना शेखलाई बधाईको ओइरो लागेको छ । आमिर र किरणको सम्बन्ध विच्छेद हुनुमा फातिमाको ठुलो हात छ भन्दै उनलाई बधाई दिएका हुन् । दंगल फिल्ममा आमिरले फातिमासँग काम गरेका थिए । कामको सिलशिलामा दुई जना नजिक भएका हुन् । तर, फातिमाले भने आमिर खान प्रेमी नभएर मार्गदर्शक भएको बताउदै आएकी थिइन् ।

अमिताभ बच्चन, क्याट्रिना कैफ जस्ता हस्तीहरु भएकोे ठुलो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा आमिर खानकै कारण फतिमाले प्रवेश पाएको समेत धेरैले आरोप लगाएका छन् । त्यो आरोप आज सत्यमा प्रमाणित भएको छ ।

आमिर खानको पहिलो पत्नी रिना तर्फ एक छोरा र एक छोरी छन् । उनीहरु आमा रिनासँग बस्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्