Logo

नङ हेरेर यसरी थाहा पाइन्छ आफ्नो स्वास्थ्य अवस्था



एजेन्सी, २० असार । लामोे नङले मानिसहरुको सुन्दरता थप निखारता ल्याउछ । एक समयमा नङलाई गोलो शेप दिइन्थ्यो भने आजभोली भित्रैबाट नङको शेप मिलाइन्छ । नङ सफा र लामो हुनु प्राय मानिसलाई राम्रो लाग्छ । तर, आफ्नो नङमा स्वास्थ्यको राज पनि लुकेको हुन्छ भन्ने धेरैलाई थाहा छैन् । आफ्नो बढ्दै गएको नङले वर्तमान समयको स्वास्थ्य अवस्था पत्ता लाग्ने छ ।

यसरी पत्ता लाग्छ स्वास्थ्य अवस्था
नङ पटक–पटक भाचिनुः यदि नङ पटक–पटक भाचिन्छ र छोटो–छोटो हुँदै जान्छ भने स्वास्थ्य कमजोरीको चिन्ह्र हो । साथै यसले थाइराइडको संकेत पनि गर्छ ।

लामो–लामो नङ बागिंदै जानुः अनुसन्धान अनुसार नङ लामो–लामो बांगिदै जानुले बढ्दो उमेरको संकेत गरेको हो ।

नङमा तेस्रा घेराः यदि तपाईको नङमा तेस्रा घेरा देखिएको छ भने ध्यान दिनुपर्छ । यो समयमा नङ विस्तारै बढेको हुन्छ ।

साना–साना दागः नङमा साना–साना दाग देखेमा शरीरमा रगतको कमीको संकेत हो । साथै यस्ले कपाल झर्ने र छाला सम्बन्धि समस्याको पनि संकेत गर्छ ।
कालो लामो रेखाः नङमा कालो लामो रेखा देखेमा तुरुन्त डाक्टरको सम्पर्कमा जानुपर्छ । यो रेखा मुटु रोगको हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्