Logo

‘कलाको शहरमा कलाकै हत्या’ भन्दै कलाकारहरुको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २० असार । कलाकारहरुले कोभिड महामारीमा अग्रपंक्तिमा खटिएकाहरु (फ्रन्टलाईनर्स) को सम्मानमा बनाएको चित्रकला मेटाएको विरोधमा काठमाडौं महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले आज राष्ट्रियसभाअघि विरोध प्रदर्शन पनि गरेका छन् ।

दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । कलाकारले पूनः चित्र कोर्न दिन माग गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्