Logo

महोत्तरीमा भ्रष्टाचारको बिगबिगी



काठमाडौँ, २० असार । प्रादेशिक सांसद कोटाबाट सडक निर्माण गर्ने नाममा उठाइएको रकमको पुनः सोही क्षेत्रका सांसद रानी शर्मा तिवारीको संलग्नतामा उपभोक्ता समिती लगायतले हिनामिना गरिरहेको खुलेको छ । महोत्तरीको मनरासिसवा नगरपालिका वडा नं. ८ सहसराम गाँउमा सडक निर्माणका लागि प्रादेशिक सांसद कोटाबाट उठाइएको रु ३० लाखको पुनः हिनामिना स्वयम सांसद तीवारीले गरिरहेकी हुन् ।

असार मसान्त भित्र सडक निर्माण कार्य नगरे रकम फिर्ता हुने कारण सो क्षेत्र डुवानमा भएतापनि सांसद तीवारीको संलग्नतामा इन्जिनियर र सडक मापदण्ड विपरित ढलाईको कार्य शुरु गरिएको त्यहाँका स्थानीयवासीहरुले जनाएका छन् । प्रदेश नं. २ को संसदीय निर्वाचन क्षेत्र नं ३(ख) का प्रदेश सासंद रानी शर्मा तीवारीले आफ्नो विकास कोषलाई पुनः दुरुपयोग गरेको खुलासा भएको छ ।

मनरासिसवा वार्ड नं ८ सहसराम गाँउमा सांसद तीवारीले आफू खुशी उपभोक्ता समिति गठन गरेर निरन्तरता दिन खोजेपछि स्थानीय आक्रशित भएका छन् । वर्षका कारण त्यहाँ सम्पूर्ण विकास कार्यहरु ठप्प भएको थियो । त्यस पश्चातपनि रकम फिर्ता हुने डरले नवल किशोर रायको अध्यक्षतामा गठन समितिलाई सांसद र वडा अध्यक्षयले आफ्नो शक्तिको दुरुपयोग गरेरे सो समितिलाई निस्तेज गरी विना कुनै जानकारी गराई रातारात आफ्नो अनुकुल नयाँ समिति गठन गरी हिलाम्बे सडकमा दलान सुचारु गरेको कारण सडकको गुणस्तर राम्रो नहुने स्थानीयवासीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार पुरोना समितिलाई निस्तेज गरी नयाँ समिती गठन गर्नेमा सो क्षेत्रका सांसद रानी शर्मा तीवारी, वडाअध्यक्ष राधे श्याम तीवारी र नगरपालिका प्रशासन प्रमुख रंजीत यादवको संलग्नता रहेको छ ।

यो पनि पढ्नुस :

 

     ‘प्रदेशसभा सदस्य तिवारीमाथि भ्रष्टाचारको आरोप’



प्रतिक्रिया दिनुहोस्