Logo

सैनिक विमान दुर्घटना हुँदा फिलिपिन्समा २९ जनाको मृत्यु, ५० जिवितै निकालिए



एजेन्सी, २० असार । फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । दक्षिणी फिलिपिन्समा भएको दुर्घटनामा जलिरहेको विमानबाट दर्जनभन्दा बढीलाई जिवितै निकालिएको छ ।

जोलो टापुको विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । जल्दै गरेको विमानमा रहेका ५० जना घाइते भएका छन् । १७ जना हराएका छन् ।

विमानमा सैनिकहरु थिए । घटनामा मृत्यु भएका २ जना र घाइते ४ जना जमिनमा रहेकाहरु हुन् ।-Photo Credit: Reuters



प्रतिक्रिया दिनुहोस्