Logo

७ करोड ठगीको आरोप लागेका प्रेम मल्लले भने-गुप्ताले मलाई साँढे ४ करोड तिर्न बाँकी छ



काठमाडौं, २० असार । प्रेणा निर्माण सेवाका प्रबन्ध निर्देशक प्रेमकुमार मल्लले आफ्नो चरित्रहत्या भएको भन्दै ज्योति निर्माण सेवाका प्रबन्धक निर्देशक राजकिशोर गुप्ताको आलोचना गरेका छन् । उनले आफूमाथि रकम ठगी गरेको आरोप निराधार भएको र साँढे ४ करोड दिन नमानेर गुप्ता षड्यन्त्रमूलक कार्यमा लागेको बताए ।
रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रेमकुमार मल्लले राजकिशोर गुप्ता शाहले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका हुन् । उनले भने, ‘राजकिशोर साह गुप्ताले उल्टै मलाई ४ करोड ४७ लाख तिर्न बाँकी छ ।’ काम अझै सकिएको छैन् भन्दै मल्लले तीनवटा आयोजनाबाट काम सकिएको अवस्थामा गुप्तासँग करिब ४ करोड ४७ लाख लिन बाँकी रहेको बताए ।

मल्लले आफुहरु मुख्य कन्ट्राक्टर भएको हुनाले बढी दबाब आउने भएपछि अलिकति एड्भान्सको रुपमा दिने पछि हिसाब मिलान गर्ने सहमति गरेको बताए । उनले भने ‘एक महिना भित्र हिसाब मिलान गर्ने र १५ दिन भित्र उजुरबुजुर फिर्ता लिने सहमति भएको भएपनि गुप्ताले उजुर फिर्ता नलिएर जहिल्यै निहु मात्र खोज्दै हिडे ।’
पछि आफुमाथि गुप्ताले काठमाडौं आएर ठगीको मुद्दा दायर गरेको गुनासो गरे । मल्लले आफूले लिने मात्र कागज बोकेर हिड्ने र कट्टा भएको वा दिनुपर्ने हिसाब नबोक्ने पनि आरोप लगाए । ‘पुरानो हिसाब मिलान चाही नदेखाउने लिने मात्र देखाउदै हिड्ने,’ उनले भने ।

ज्यानको खतरा बढेपछि आफूले सेनाका जर्नेल हेमराज केसीसँग सहयोगको आग्रह मात्र गरेको बताए । जर्नेल केसीले लेनदेनको विषयमा कुनै भूमिका नखेलेको दाबी गर्दै भने,‘प्रहरी प्रशासनले नाता परेपनि नपरेपनि सुरक्षा दिनुपर्छ ।’ जर्नेले केसीलाई यो घटनामा मुछ्नु गुप्ताको वदनियत भएको बताए ।

गुप्ताले नराम्रो काम गरेर रकम हिनामिना गरेको हुनाले २०७७ साल भाद्रदेखि नै साझेदारीको जिम्मेवारीबाट हटाएको समेत पत्र दिएको मल्लले जानकारी दिए । उनले भने, ‘उहाँले बोलेको पछिल्लो समयमा आम्दानी नभएको कुरामा कुनै पनि सत्यता छैन् ।’

पटक–पटक बोलाउदा पनि गुप्ता नआएको बताए । आफूले हिसाब मिलाइदिन र समस्या सुल्झाउन भन्दै निर्माण व्यवसायी महासंघ लगायत विभिन्न निकायमा निवेदन दिएको बताए । उनले कसैले रोयो करोयो भन्दैमा उसको पछि नलागेर दुवै पक्षको सत्यतथ्य बुझ्न आग्रह गरे । आफूलाई धम्की दिएको आरोप लगाउनुलाई भ्रम छर्ने षड्यन्त्रको संज्ञा दिए । उनले प्रश्न गरे ,‘७० वर्षको बुढाले ५७ वर्षकोलाई त्यस्तो धम्की दिन सक्छ त ?

 



प्रतिक्रिया दिनुहोस्