Logo

आज यी दुई कम्पनीको साधारण सभा आज हुँदै



काठमाडौं, २१ असार । आज तीन कम्पनीको साधारण सभा हुँदैछ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र जनरल इन्स्योरेन्स कम्पनीले सभा आज हुने भएको हो ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पाँचौ साधारण सभा न्यूरोड पोखरामा बिहान ९ बजे गर्ने भएको छ । साथै सभाले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

आजको सभाले इन्फिनीटी लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पनि पारीत गर्ने जनाइएको छ । त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीले आफ्नै केन्द्रिय कार्यालय हात्तीसारमा बिहान ११ बजे गर्ने  सभा गर्ने भएको छ । सभाले आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने, निजको पारीश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्