Logo

‘रानी बन्न नसकेकी’ देवयानीलाई कोकाकोलाको विशेष जिम्मेवारी



काठमाडौं, २१ असार । देवयानी राणालाई नचिन्ने नेपाली सायदै होलान् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाकी छोरी हुनुका अलावा उनको परिचय राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा पृथक छ ।

देवयानी २० वर्ष अघि भएको दरबार हत्याकाण्डसँग पनि जोडिएकी थिइन् । उनलाई विवाह गर्न नपाएर तत्कालीन युवराज दीपेन्द्र शाहले परिवारको हत्या गरी आफूले आत्महत्या गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । देवयानीको दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो ।

दरबार हत्याकाण्डपछि देवयानी नेपाल बाहिर काम गर्न पुगिन् । संयुक्त राष्ट्र संघमा काम गरिन् । जेनेभामा स्विजरल्यान्ड वल्ड इकोनोमिक फोरममा काम गरिन् । उनले भारतको सिग्रोलीका पूर्वराजपरिवारका सदस्य ऐश्वर्या सिंहसँग विवाह गरिन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग कामको अनुभव संँगालेकी संभ्रान्त परिवारकी देवयानीले कोकाकोलामा महत्वपूर्ण जिम्मेवारी पाइन् । उनले भारत, नेपाल र भुटानको जनसमपर्क निर्देशको जिम्मेवारी पाइन् । गत हप्ता उनले कोकाकोलाको भारत र दक्षिणपश्चिम एशियाको जनसम्पर्क उपप्रमुखको जिममेवारुरी पाएकी छिन् ।

कोकोकोलाले देवयानीसँग २५ वर्ष कामको अनुभव रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्