Logo

नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ प्रतिशत



काठमाडौं, २१ असार । नेपालमा हालसम्म ६ लाख ४४ हजार बढी कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये ६ लाख ९ हजार २१८ जना संक्रमणमुक्त भएका छन् । यो निको भएको दर ९४ दशमलव ५ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा २ लाख ५ हजार ८१० संक्रमित मध्ये १ लाख ९८ हजार ७ सय ६९ जना निको भएका छन् । त्यस्तै, २२ हजार ३७५ जना संक्रमित मध्ये भक्तपुरमा २० हजार ८ सय ९९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, ललितपुरमा ३७ हजार संक्रमित मध्ये ३५ हजार ६ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ६ सय ३ जना संक्रमित थपिएका छन् । त्यस्तै, हिजो संक्रमणमुक्त हुनेको संख्या २,५५२ रहेको छ । आइतबार २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हिजो थपिएका मध्ये ४८ सय ७६ पिसीआर परीक्षणबाट १ हजार ४२ र ३२ सय ५६ एन्टीजेन ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्