Logo

प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाई, रिट निवेदकका तर्फबाट १ घण्टा ३४ मिनेट बहस हुने



काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि संवैधानिक इजलासमा सुनुवाई जारी छ । आज रिट निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस गरिरहेका छन् । जवाफी बहस भने वरिष्ठ अधिवक्ता हरिहर दाहालले सुरु गरेका छन् । दाहालपछि बरिष्ठ अधिवक्ताहरु बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिनेछन् ।

निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले आफ्नो राय दिनेछन् । संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरेका छन् । र, इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । रिट निवेदकका तर्फबाट अब एक घण्टा ३४ मिनेट बहस हुने र यसलगत्तै एमीकस क्युरीको पालो रहेको छ ।



प्रतिक्रिया दिनुहोस्