Logo

फोनमा ‘दिदी मलाई यस्तो गर्यो’ भनेकी सुजिताको हत्या, को हो दोषी ?



चितवन, २१ असार । अपहरणमा परेकी सुजिता भण्डारीको शव फेला परेको छ । उनको शव आइतबार साँझ ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको हो ।

११ असारबाट सुजिता हराएकी थिइन् । उनी सोही दिन विहान ६ बजे साथीको घरमा जान हिंडेकी थिइन् । नौ बजे फोन गर्दा झण्डै ११ बजेसम्म सुजिताको फोन अफ भएको उनकी दिदी कविता भण्डारीले बताएकी छिन् । ११ बजेतिर आफूले फोन गरेको सुनाइन् । दिदीले भनिन्,‘दिदी मलाई यस्तो यस्तो गर्यो भन्दै बहिनीले रुदै भनी ।’ सिमरा चोकबाट सौराहा चोक जाने बाटो सोध्यो र अपहरण गरेको बताएकी थिइन् ।

फोनमा कारमा आइमाई छ बच्चा छ भनेको उल्लेख गरिन् । दिदीलाई आँखामा पट्टी बाँधेको छ भनेकी थिइन् ।

बहिनीले आफूसँग रुँदै बोलेको सुनाइन् । टाउकोमा हानेको बारम्बार बताएको सुनाइन् ।

सोही दिन १२ बजे दिदीलाई फोन गरी अपहरणमा परेको जानकारी गराएकी थिइन् । उनकी दिदीका अनुसार फोन गरेर बचाउन भनेकी थिइन् ।

फोनमा अपहरणमा परेको बचाउन भनेपछि प्रहरीलाई फोन गर्न भनेकी थिइन् । त्यसपछि उनको मोबाइल स्वीच अफ भएको थियो ।

२३ वर्षीया भण्डारी रुँदै कराउँदै अताउँदै कुरा गरेकी थिइन् । उनले आफ्नो फोन अफ हुन लाइसकेको बताएकी थिइन् । आफूलाई टाउकोमा हानेको समेत भनेकी थिइन् । दिदीले के भयो भनेर सोध्दा कुनै जवाफ नआएको बताइन् । आफूलाई कारमा राखिएको सम्म भनेको बताएकी थिइन् ।

त्यसपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । उनको व्यापक खोजी भएको थियो । च्याऊ खोज्न गएकाले शव देखेर प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै बोतलमा सेतो पद्धार्थ समेत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शव गलेको अवस्थामा फेला परेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फोन अफ भएपछि ट्रयाक गरेको थियो । ट्रयाक गर्दा पनि सुजिताको बारेमा केही पत्ता लागेको थिएन ।

पूर्वी चितवनको राप्ती नगरपालिका घर भएकी सुजिता बुद्धशान्तिमा स्नातक चौंथो वर्षमा अध्ययनरत थिइन् । उनीसँग नजिकको सम्बन्ध रहेकाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्