Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ करोड ९८ लाख, मृत्युदर कति ?



काठमाडौं, २१ असार । चीनबाट सुरु भएको कोरोना संक्रमणबाट विश्वभर हालसम्म ३ करोड ९८ लाख ७ हजार ४५५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मात्रै ९ हजार बढी संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, हालसम्म विश्वमा १६ करोड ८६ लाख २५ हजार ३३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार २५ सय ५२ जना संक्रमित नेपालमा निको भएका थिए । नेपालमा हालसम्म ६ लाख ४४ हजार बढी कोरोना संक्रमित भएका छन् ।

यसैगरी, १८ करोड ४२ लाख ४६ हजार ६६५ जना विश्वभर कोरोना संक्रमित रहेका छन् । संक्रमित मध्ये १ करोड १६ लाख ३३ हजार ८ सय ४१ जना संक्रमितको उपचार भैरहेको छ ।

विश्वमा संक्रिय संक्रमितको दर ६.३ प्रतिशत रहेको छ भने मृत्युदर २.२ प्रतिशत हो । त्यस्तै, विश्वभर कोरोना निको भएको दर ९१.५ प्रतिशत हो ।



प्रतिक्रिया दिनुहोस्