Logo

सेनाको हतियार धमाधम प्रहरीलाई



काठमाडौं, २१ असार । नेपाली सेनाका हतियारहरु धमाधम नेपाल प्रहरीलाई दिन थालिएको छ । सेनाले हतियार तथा एम्युनिशन र सम्वद्ध सामाग्रीहरु हस्तान्तरण गरिएको जानकारी दिएको छ ।

सैनिक मुख्यालयले नेपाल प्रहरीलाई विभिन्न किसिमका दश हजार भन्दा बढी हतियार प्रदान गरिने जानकारी दिएको हो । आज सेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।

१० हजार थान हतियारमा राइफल, स्वचालित हतियारलगायत छन् । ४ किसिमका हतियार आजै हस्तान्तरण गरिएको छ ।

Photo Credit: Nepal Army



प्रतिक्रिया दिनुहोस्

Screenshot