Logo

सुजिता प्रकरण : पूर्व-पश्चिम राजमार्ग तनावग्रस्त



चितवन, २१ असार। राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार प्रहरीले शवलाई अस्पताल लैजान लागेपछि आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गराएका हुन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका थिए । तर, प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका छन् । राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ ।

सुजिताको शव आइतबार जंगलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।-दृष्टिबाट

 

यो पनि पढ्नु होस्:

 

‘फोनमा ‘दिदी मलाई यस्तो गर्यो’ भनेकी सुजिताको हत्या, को हो दोषी ?’



प्रतिक्रिया दिनुहोस्