Logo

पम्फा भुषालकी आमाको निधन, सभामुख सापकोटाद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण



काठमाडौं, २१ असार । नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुषालकी आमाको निधन भएको छ । भुषालकी आमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा आज विहान विधान भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भुषालको आमाको निधनप्रति सभामुख अग्निप्रसाद सापकोटाले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभामुख सापकोटा दिवंगत भुषालप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाट पुगेको उनको सचिवालयले जनाएको छ । सभामुखको सचिवालयले लेखेको छ–भावपूर्ण श्रद्धाञ्जली ! सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (माओवादी केन्द्र), स्थायी समिति सदस्य पम्फा भुषालकी ममतामयी आमा इन्द्रकला भुषालको ९३ बर्षको उमेरमा आज बिहान कुसुन्तीस्थित निवासमा निधन भएको खबरले स्तब्ध बनाएको बताउँदै दिवंगत भुषालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । उहाँले आज बिहान पशुपति आर्यघाट पुगेर दिवंगत भुषालप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भयो । सभामुख सापकोटाले शोकाकुल परिवारका सदस्यलाई भेटेर समवेदना व्यक्त गर्नु भयो । २०७८ असार २१ “



प्रतिक्रिया दिनुहोस्