Logo

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन



चितवन, २१ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

विभिन्न स्थानमा पहिरो गएर सोमबार बिहानै बाट सडक अबरुद्ध भएको थियो । सेतीदोभान, १४ किलो लगायतका स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले अत्यावश्यक सवारी साधनहरुले बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।-नारायणीअनलाइनबाट



प्रतिक्रिया दिनुहोस्