Logo

सैफ अली र अर्जुन कपुरको ‘भुत पुुलिस’ ओटीटी प्लेटफर्ममा रिलिज हुने



एजेन्सी, २१ असार । कोरोना भाइरसको महामारीमा बलिउडका फिल्म ओटिटी प्लेटफर्ममा.रिलिज हुने क्रम जारी छ । यसै क्रममा अब सैफ अली खान र अर्जुन कपुरको फिल्म ‘भुत पुलिस’ डिज्जी प्लस हाटस्टारमा रिलिज हुने भएको हो ।

हालसम्म आधिकारीक रुपमा रिलिजको मिति तय भएको छैन् । लामो समयदेखि वेब सिरीजमा काम गर्दै आएका सैफ अली खानको डिजीटल प्लेटफर्ममा पहिलो पटक रिलिज हुँदै छ ।

फिल्मको निर्देशन पवन कृपालानीले गरेका छन्, निर्माता रमेश तौरानी हुन् । फिल्ममा सैफले विभुतिको भुमिका निभाएका छन् । फिल्ममा सैफ र अर्जुनको साथमा जैकलिन फर्नाडिस, यामी गौतम र जावेद जाफरी लगायतको पनि अभिनय रहेको छ ।

सैफले नेटफ्लिक्सको प्लेटफर्ममा सेक्रेट गेम्बबाट शुरू गरेका थिए । सोही समयमा उनको पाण्डव अमेजन प्राइम भिडियोमा आएको थियो । त्यस्तै, अर्जुन कपूरले पनि फिल्म सरदारको ग्रान्डसन उनको पहिलो यस्तो फिल्म हो, जुन ओटीटी प्लेटफर्ममा आएको थियो। यस वर्ष यो फिल्म नेटफ्लिक्समा स्ट्रिम भएको थियो।



प्रतिक्रिया दिनुहोस्