Logo

शेयर बजार ११ अंकले गिरावट आएपनि यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, २१ असार । नेप्सेमा आज ११ अंकले गिरावट आउदा २२४ कम्पनीको ५२ हजार ८ सय ४६ पटक कारोबार भएर ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँ बराबरको १ करोड ६३ हजार ६३६ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै कारोवार भएको छ । कम्पनीको प्रतिशेयर मुल्य ५६ सय ८५ रुपैयाँ मुल्य कायम भई ४१ करोड २० लाख बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको ७५४ रुपैयाँ प्रतिशेयर मुल्य कायम भई १९ करोड ३२ लाख बढीको कारोबार भएको छ । यसैगरी, नेपाल बैंक लिमिटेडको १५ करोड ५६ लाख बढीको शेयर कारोबार भएको छ । निफ्राको आज १३ करोड ३२ लाख बढीको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्