Logo

आज यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, २१ असार । आज नेप्से ० दशमलव ४२ अंकले घट्दा ४ अर्ब बढीको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ५३४ रुपैयाँले बढेको हो ।

यसैगरी, हिमालयन डिस्टिलरीका लगानीकर्ताले ८ दशमलव २ प्रतिशतका दरले कमाएका छन् ।कम्पनीको प्रतिकित्ता शेयरमुल्य ४२२ रुपैयाँले बढेको हो ।

त्यस्तै, चन्द्रागिरी हाइड्रोपावर कम्पनीको आज ३३ रुपैयाँले शेयरमुल्य बढेर प्रतिकित्ता ४५७ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्