Logo

पाँच विद्यार्थी संगठनद्धारा सरकारविरुद्ध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २१ असार । पाँच विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले सरकारविरद्ध आजपनि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आज संविधानमाथिको अतिक्रमणको विरुद्धमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले आजको प्रदर्शनको नाम नै संविधान प्रदर्शन राखेका थिए । प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘नेपालको संविधान पढ्न भन्दै लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरू प्रदर्शनमा संविधानसहित उपस्थित भएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम