Logo

सार्वजनिक सम्पत्ति देख्नै नहुने रोगबाट सरकार मुक्त होस : डा. आचार्य



काठमाडौं, २१ असार । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपाल वायु सेवा निगमलाई व्यापारीकरणमा लग्न लागिएको समाचार आएको भन्दै तत्काल व्यापारीकरणको प्रक्रिया रोक्न माग गरेका छन् । आज (सोमबार) सामाजिक सञ्जालमार्फत डा. आचार्यले निगमलाई निजीकरण गर्नेगरि सरकारले अघि सारेको प्रस्ताव अत्यन्त आपत्तिजनक र राष्ट्रको अहितमा रहेको टिप्पणी गरेका छन् ।

उनले ट्विटरमार्फत लेखेका छन्-“सरकारले नेपाल वायु सेवा निगमलाई विघटन गरी निजीकरण गर्न लागेको समाचार प्रकाशित भएका छन। यस्तो समयमा सरकारले अघि सारेको यो प्रस्ताव अत्यन्त आपत्तिजनक र राष्ट्रको अहितमा छ। सार्वजनिक सम्पत्ति देख्नै नहुने रोगबाट सरकार मुक्त होस्। व्यापारीकरणको प्रक्रिया तत्काल रोकियोस्।”

 



प्रतिक्रिया दिनुहोस्