Logo

संसद् विघटनसम्बन्धी मुद्दाको फैसला असार २८ गते आउने



काठमाडौं, २१ असार । संसद् विघटनसम्बन्धी मुद्दाको बहस सम्पन्न भएको छ । संवैधानिक इजलासले यस मुद्दाको फैसला आगामी असार २८ गते दिने भएको छ । आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरुले जवाफी बहस र एमीकस क्युरीले आफ्नो राय दिएको थियो ।

उक्त रिटको सुनुवाई सकिएकोले हेर्दा हेर्दैमा राखिएको छ । इजलासले यही असार २८ गतेको लागि पेशी तोकेको छ । त्यही दिन यस मुद्दामा फैसला आउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्