Logo

माधव नेपाल पक्षलाई असार २७ गतेसम्म हस्ताक्षर फिर्ता गर्न समय दिएका छौं : भट्टराई



काठमाडौं, २१ असार । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधरलाई असार २७ गतेसम्मको लागि हस्ताक्षर फिर्ता लिनको लागि समय दिईएको बताएका छन् । यसअघि एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले आज साँझ ५ बजेसम्मको समय दिएर हस्ताक्षर फिर्ता लिन भनेको थियो ।

तर, नेपाल पक्षले भने पार्टीले दिएको समयसिमाभित्र हस्ताक्षर फिर्ता लिएको छैन् । नेपाल पक्षलाई हस्ताक्षर फिर्ताको लागि आफूहरुले असार २७ गतेसम्मको लागि पूनः समय दिएको भट्टराईले जानकारी दिए । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने सन्देश बालुवाटारलाई पठाईसकेको छ ।

ओलीको अल्टिमेटमभित्र २३ ‘सांसद’ को हस्ताक्षर फिर्ता भएन, अब के होला ?

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा बहस सकिएको छ । इजलाशले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको छ । यस मुद्दाको फैसला असार २८ गते आउने बुझिएको छ । अदालतको फैसला २८ गते आउने भएको हुनाले एमालेले माधव नेपाल पक्षधरलाई असार २७ गतेको समय दिईएको बुझ्न सकिन्छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot