Logo

रोनाल्डो परिवारसँग इन्जोई गर्दै



एजेन्सी, २१ असार । फुटबल स्टार रोनाल्डो परिवारसँग इनजोई गरिरहेका छन् । उनले समुद्री तटमा परिवारसँग आराम गरिरहेको तस्बिर सार्वजनिक भएको छ ।
तस्बिरमा रोनाल्डो मुस्कुराइरहेका छन् । उनकी प्रेमिका, दुई छोरी र दुई छोरा साथमै छन् ।

स्पेनिस मोडल जर्जिना रोड्रिगेज स्वीम सुटमा देखिन्छिन् । रोनाल्डो पनि स्वीम सुटमा छन् । उनका छोराहरु क्रिस्टियानो जुनियर र माटियो, छोरीहरु इभा र एलाना मार्टिना पनि स्वीम सुटमै देखिएका छन् ।

युरोकपमा अन्तिम १६ मा बेल्जियमसँग पराजित भएपछि रोनाल्डो निकै तनावमा थिए । तनाव कम गर्न पनि उनी रिफ्रेस हुन परिवारको साथमा पुगेका हुन् ।

गत युरोकप जिताएका रोनाल्डोले आफ्नो देशबाट सर्वाधिक गोल गर्ने किर्तिमानमा भने इरानका अली दाईसँग बराबरी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्